फ्रेन्च ओपन बन्द रंगशालामा हुन सक्ने

 फ्रान्सेली टेनिसका प्रमुख बर्नाड गुडिसेलीले यो वर्षको फ्रेन्च ओपन बन्द रंगशालामा हुन सक्ने सम्भावना रहेकाे बताएका छन् । काेराेना भाइरसका कारण विवादास्पद ढंगले फ्रेन्च ओपन चार महिना पछाडि सरिसकेको थियाे ।

नयाँ कार्यक्रम अनुसार अब प्रतियोगिता सेप्टेम्बर २० देखि अक्टोबर ४ मा हुनेछ । फ्रान्सेली मिडियासँगको कुराकानीमा गुडिसेलीले भनेका छन्, ‘सबै सम्भावना खुल्ला छन्, सम्भवत: यसपल्टको प्रतियोगितामा दर्शक हुने छैनन् ।’

उनले टेनिस प्रेमीले यसपल्टको फ्रेन्च ओपन टीभीमा मात्र हेर्न पाउने र प्रतियोगिता हुने रोलान्ड ग्यारोसमा खेलाडी र खेल पदाधिकारी मात्र हुने पनि बताए । एएफपी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति