सैन्य अभ्यासका क्रममा आफैँले हानेको मिसाइलले १९ सैनिकको मृत्यु

काठमाडौं, ३० बैशाख। इरानी सेनाबीच सैन्य अभ्यासका क्रममा आफैँले हानेको मिसाइलले १९ सैनिकको मृत्यु भएको छ । हार्मुज स्ट्रेट नजिकै ओमानको खाडीमा सैन्य अभ्यासका क्रममा हानिएको मिसाइलले भुलबस आफ्नै जहाजमा ठोक्किएपछि आइतबार १९ इरानी जलसेनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

घटनामा अन्य १५ जना घाइते भएका छन् । अभ्यासका क्रममा सैन्य उपकरण लैजाने कोणार्क नामको जहाजको लाइट सपोर्टमा क्षेप्यास्त्र ठोक्किएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति