कोरोनाबाट भारतमा मृत्यु हुनेका संख्या २ हजार २ सय नाघ्यो , एकैदिन ३६ सय संक्रमित

काठमाडौ, ३० बैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारत सार्क राष्ट्रमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा परेको छ भने एसियाली मुलुकमा चौथो नम्बरमा रहेको छ त्यस्तै विश्वमा १२ औं नम्बरमा रहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ८२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २ हजार २ सय ९४ नाघेको छ । एकैदिन ३ हजार ६ सय ७ जना भन्दा बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७० हजार ७ सय ६८ पुगेको छ । त्यस्तै संक्रमितमध्ये २२ हजार ५ सय ४९ जना उपचारपछि निको भएका छन् भने ४५ हजार ९ सय २५ जना संक्रमितको उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति