11 May, 2020 7:58 pm


अमेरिका निवासी पत्रकार प्रदीप परियार थापालाई मातृशोक, लकडाउनले भेट्न पाएनन् आमा

अमेरिका, २९ बैशाख । अमेरिका निवासी पत्रकार प्रदीप परियार थापालाई मातृशोक परेको छ । गुल्मीमा रहनुभएकी ८७ बर्षीय आमा तिली थापा मगरको आज घरमै निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
हालैमात्र नेपाल गएर आमासँग आफ्नौ जन्मदिन मनाएका प्रदीप थापा कोरोनाको महामारीका कारण भएको लकडाउनले बिरामी आमालाई भेट्न जान पाएका थिएनन् । उनले केही दिन अगाडि आमाको स्वास्थ्यमा क्रमिक सुधार आएको बताएका थिए ।

बिरामी भएको झण्डै एकमहिनापछि आमाको निधन भएको हो । पन्ध्रौं दिनमा फेसटाईममा राम्ररी बोल्दै आमाले सबैलाई आशिर्वाद दिनुभएको प्रदीपले सामाजिक सञ्जालमा लेखेका थिए ।

‘आमाले सन् २०१५ मा नेपाल जाँदा चौरासी कटेसी म मर्दिन, अजम्बरी हुन्छु भन्नुभएको भन्दै प्रदीपले लेखेका थिए आमा अहिले ८७ लागिन्, खानै नखाई यतिका दिन बाँचेर फेरी जिउने सुर कसिन्। धन्य हुन् हाम्री आमा। जुग जिउनु छ आमा अझै। खाना खान शुरू गर्नु ल।’ प्रदीपले लेखेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board