11 May, 2020 7:17 pm


क्रिकेटलाई माथि उठाउन भारतले २ वटा राष्ट्रिय टिम बनाउने संकेत

काठमाडौ, २९  बैशाख । कोरोना भाइरसका कारण क्षतिग्रस्त बनेको क्रिकेटलाई माथि उठाउनका लागि भारतले २ वटा राष्ट्रिय टिम बनाउने संकेत गरेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले टेस्ट र एक दिवसीय टिम बनाउने तयारी गरेको खबर भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन् । बीसीसीआईले प्रस्ताव गरेको यो उपाय पारि भएमा दुई टिम बन्न सक्ने जनाइएको छ । यदि यस वर्षको आईपीएल क्रिकेट रद्द भएमा २८ सय करोड भारतीय रुपैयाँ नोक्सान हुने छ । अहिलेको अवस्थामा कहिले क्रिकेट शुरु हुने भन्ने अनिश्चित भएकाले नोक्सानको भरपाई गर्नका लागि २ टिम बनाउन उपयुक्त हुने बताइएको छ ।

बीसीसीआईका एक अधिकारीका अनुसार दुई टिम बनाएर स्टेकहोल्डर तथा दर्शकहरुलाई बचाउनका लागि यो उपयुक्त विकल्प हुने छ ।

यदि भारतले दुई टिम बनाएमा यस्तो गर्ने दोस्रो देश पनि बन्ने छ । यसअघि अस्ट्रेलियाले २०१७ मा यो लागू गरिसकेको छ । अस्ट्रेलियाले एडिलेडमा श्रीलंकाविरुद्ध टी–२० खेलेको थियो भने अघिल्लो दिन भारतको पुणेमा टेस्ट म्याच पनि खेलेको थियो ।

श्रीलंकाविरुद्धको टी–२० मा अस्ट्रेलियाका एरोन फिन्चले कप्तानी गरेका थिए । यता भारतमा भएको टेस्टमा स्टेभन स्मिथले कप्तानी गरेका थिए ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board