11 May, 2020 7:12 pm


स्पेनिस ला लिगा जुन १२ बाट सुचारु हुने

काठमाडौं, २९ वैशाख ।  स्पेनिस ला लिगा फुटबलका अध्यक्ष जाभियर टेबासले कोरोना भाईरसको कारण स्थगित ला लिगा आगामी जुन महिनाबाट सुचारु हुने विश्वास व्यक्त गरेका छन् ।

मुभीस्टारसँग कुरा गर्दै अध्यक्ष टेबासले ला लिगा जुन १२ बाट सुचारु हुनेमा आफु आशावादी भएको बताएका हुन् ।

कोरोनाको कारण ला लिगा गत मार्चबाट स्थगित गरिएको थियो । तर, कोरोनाको महामारी स्पेनमा कायम रहेपछि ला लिगा सुचारुको मिति अनिश्चित बनेको छ । मलाई थाहा छैन । यो महामारीको चरणमा निर्भर हुन्छ । म चाहन्छु जुन १२ बाट सुचारु होस्,ु टेबासले भने, यो भाईरसको स्पाइकमा निर्भर हुन्छ । पहिलो र दोस्रो डिभिजनको लिग एकै समयमा सकिन्छ ।

कोरोनाको कारण विश्वमा २ लाख ८० हजार मानिसको मृत्यु भईसकेको छ । स्पेनमा मात्र २६ हजार बढीले ज्यान गुमाएका छन् ।

आइतबार मात्र ला लिगका पाँच खेलाडीलाई कोरोनाको संक्रमण देखिएको थियो । जसको कारण लिग थप अनिश्चित बनेको छ ।

अध्यक्ष टेबासले एकै क्लबमा धेरै खेलाडीमा कोरोना देखिए त्यो लापरबाहीको कारण भएको बताए । यदि एकै क्लबमा पाँच खेलाडीमा संक्रमण देखिए त्यो लापरबाही दर्शाउछ टेबासले भने,हामी लिग सुचारु हुँदा खेलाडीमा कुनै संक्रमण नहोस् भन्ने आशा गर्छौं ।

यस सिजन लिगमा बार्सिलोना शीर्ष स्थानमा रहेको छ । रियल मड्रिड भन्दा बार्सिलोना २ अंकले मात्र अघि रहेको छ । लिगमा अब ११ चरणको खेल खेल्न बाँकी रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board