लिपुलेकमा भारतले सडक बनाएको विरोधमा काठमाडौंमा प्रर्दशन

काठमाडौं, २९ बैशाख ।  दार्चुलाको लिपुलेकमा भारतले सडक बनाएको विरोधमा सोमबार काठमाडौंमा विभिन्न समुहले विरोध प्रर्दशन गरेका छन् ।

भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक निर्माण गरी गत शुक्रबार उद्घाटन गरेपछि त्यसको विरोधमा नेपालमा विभिन्न समुहले प्रर्दशन गरेका छन् । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारले कुटनीतिक पहल गरी भारतलाई नेपाली भूमिमा कुनैपनि गतिविधि गर्न नदिन भन्दै प्रदर्शन गरेको हो ।

सरकारले तत्काल कुटनीतिक पहल गरी भारतलाई नेपाली भूमिमा कुनैपनि गतिविधि गर्न नदिन र लिपुलेक, कालापानी, लिम्पियाधुरा क्षेत्रमा आफ्नो उपस्थिति जनाउन नसकेको नेविसंघले जनाएको छ ।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरिएको अवस्थामा सडकमा प्रर्दशन गरेको भन्दै प्रहरीले नेविसंघका नेताहरुलाई पक्राउ गरेको छ । यस्तै आजै दिउँसो राष्ट्रिय सीमा रक्षा अभियानका अभियान्ताहरुले पनि भारतले नेपालको भूमिमा सडक बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका थिए । उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति