थप एकजनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १२१ पुग्यो

काठमाडौं, २९ बैशाख । सप्तरी डाक्नेश्वरी नगरपालिलका ३ का १८ वर्षीय पुरूषमा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १२१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरूषमा कोरोना भाइरसको संक्रमण देखिएको हो। उनको स्वास्थ्य सामान्य रहेको छ। उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ।
नेपालमा हालसम्म संक्रमण देखिएका १२१ जनामध्ये ३३ जना उपचारपछि निको भइसकेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति