कपिलवस्तुमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रतिको संख्या १२० पुग्यो

काठमाडौं, २९ बैशाख ।  कपिलवस्तुमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १२० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका ५ र वुद्धभुमि नगरपालिकाको ७ र १० वडा का १० जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। उनीहरुको स्वास्थ्य सामान्य रहेको छ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार १० जनामध्ये ९ जना १८ देखि ३४ वर्षीय पुरुषहरु छन् भने एक जनाको भनेर उमेर खुलेको छैन।

नेपालमा हालसम्म संक्रमण देखिएका १२० जनामध्ये ३३ जना उपचारपछि निको भइसकेका छन्।

 

 

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति