भारतमा कोरोना भाइरसले २ हजार २ सयको मृत्यु, एकैदिन ४ हजार ३५३ नयाँ संक्रमित थपिए

काठमाडौं, २९ बैशाख । भारतमा कोरोना भाइरस (कोभिड–१९)  बाट मृत्यु हुनेको संख्या २ हजार २ सय १२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १११ जनाको मृत्यु भएको छ । एकैदिन ४ हजार ३५३ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६७ हजार १६१ पुगेको छ । ४३ हजार ९८० जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २० हजार ९६९ जना निको भएका छन् । कोरोना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिएको छ । सार्क मुलुकहरुमा सवैभन्दा बढि प्रभावित भारत रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति