अमेरिकामा कोरोनाबाट १३ लाख ६६ हजार संक्रमित, मृत्युदर घट्यो

काठमाडौं, २९ बैशाख । ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८० हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ७२० जनाको मृत्यु भएको छ विगतको भन्दा आज सवैभन्दा कम मानिसको यो रोगबाट ज्यान गएको छ । योसँगै कुल मृतक संख्या ८० हजार ७५७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ४४४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख ६६ हजार ७५३ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २ लाख ५५ हजार ६५४ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १० लाख ३० हजार ३४२ जनामध्ये १६ हजार ४९३ जनाको अवस्था गम्भीर रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति