10 May, 2020 7:53 am


भारतिय भुमीमै सडक निर्माण गरिएको दाबी : विवादलाई कुटनीतिक संवादबाट टुंग्याउन भारत प्रतिवद्ध

काठमाडौं , २८ बैशाख ।   लिपुलेकमा नयाँ सडक उद्घाटनपछि देखिएको विवादबारे भारतले औपचारिक धारणा बाहिर ल्याएको छ । नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सडक निर्माण गर्ने भारतीय पक्षको कदमप्रति आपत्ति जनाएको थियो ।

जवाफमा भारतले सडक निर्माण गरिएको भूभाग उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको आफ्नै भूभाग रहेको दाबी गरेको छ ।

भारतको विदेश मन्त्रालयका विशेष प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘( मेइ २०२) मा नेपालको परराष्ट्र मन्त्रालयले भारतमा सडक उद्घाटनसँग सम्बन्धित रहेको जारी गरेको विज्ञप्ति हामीलाई प्राप्त भएको छ ।

भर्खरै उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा उद्घाटन भएको सडक सम्पूर्ण रुपमा भारतीय भूभागमा पर्छ । यो रुट कैलाश मानसरोवर जाने धर्मालम्बीले प्रयोग गर्दै आएका थिए ।

वर्तमान परियोजनाअन्तर्गत सोही रोडलाई दर्शनार्थी, स्थानीय र व्यापारीलाई सहज हुनेगरी बनाइएको हो । ’ विज्ञप्तिमा सीमानाका विषयमा छलफल गर्न नेपाल र भारतले संयन्त्र स्थापना गरेको र सीमाका विषयमा छलफल चलिरहेको उल्लेख छ । त्यस्तै, सीमा विवादलाई कुटनीतिक संवादबाट टुंग्याउन भारत प्रतिवद्ध रहेको पनि उल्लेख छ ।

त्यस्तै, विदेश सचिवस्तरीय संवादको समय निर्धारण गर्ने विषय प्रतिक्रयामै र दुबै देशले कोभीड–१९ को चुनौती सामना गरेपछि छलफलको मिति तय गरिने विज्ञप्तिमा उल्लेख छ ।नेपाली पक्षको उक्त प्रतिक्रियालगत्तै भारतीय विदेश मन्त्रालयले शनिबार साँझ जारी वक्तव्य जारी गर्दै उक्त सडक यसअघि मानसरोवर यात्राका लागि तीर्थयात्रीहरुले प्रयोग गर्दै आएको क्षेत्र नै भएको दावी गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board