काठमाडौं,२८ बैशाख । विश्वभर अहिलेसमम १४ लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको भएका छन् । दुई सय १२ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ४० लाख ४१ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा १४ लाख ३९ हजार आठ सय ४२ जना निको भएका हुन् । कोरोनाबाट विश्वभर ४१ लाख ६ सय जना संक्रमित भएका छ ।
त्यस्तै उपचार गराइरहेका २३ लाख ६० हजारभन्दा धेरैमध्ये दुई प्रतिशतको अवस्था जटिल र बाँकीको अवस्था सामान्य छ । कोरोनाका कारण अहिलेसम्म दुई लाख ८० हजार ४ भन्दा धेरैको ज्यान गएको छ ।
कोरोना सङ्क्रमणबाट सबैभन्दा प्रभावित भएको देश अमेरिका हो, त्यहाँ सङ्क्रमित र ज्यान गुमाउने दुवैको सङ्ख्या धेरै छ । अमेरिकामा अहिलेसम्म १३ लाख ४७ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा साढे ८० हजारभन्दा धेरैको ज्यान गएको छ ।
रुसमा आज मात्रै १० हजार आठ सय १७ जनामा कोरोना पुष्टि भएको छ भने एक सय चार जनाको ज्यान गएको छ । योसँगै रुसमा ज्यान गुमाउनेको सङ्ख्या १८ सय २७ पुगेको छ । त्यस्तै एक लाख ९८ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै भारतमा ६२ हजार ८ सय भन्दा धेरैमा कोरोना पुष्टि भएकोमा २ हजार १ सय भन्दा धेरैको ज्यान गएको छ ।
COMMENTS