9 May, 2020 5:24 pm


अमेरिकी राष्ट्रपतिका निजी सुरक्षा सहयोगीमा कोरोना पोजेटिभ

काठमाडौं, २७ वैशाख  / ह्वाइट हाउसमा कार्यरत अमेरिकी राष्ट्रपतिका निजी सुरक्षा सहयोगीमा कोरोना पोजेटिभ पुष्टी भएलगत्तै उपराष्ट्रपति माइक पेन्सकी प्रेस सेक्रेटरीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रबार प्रेस सेक्रेटरी कैटी मिलरलाई कोरोना संक्रमण पुष्टी भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित रिपब्लिकन सांसदहरुसँगको भेटघाटमा बताए ।

राष्ट्रपति ट्रम्पले मिलर आफूसँग सम्पर्कमा नआएको तर उपराष्ट्रपति माइक पेन्ससँग भने सम्पर्कमा आएको जानकारी दिएका छन् । मिलर पत्रकारहरुसँग भने नियमित सम्पर्कमा थिइन् । अहिले ह्वाइटहाउसले पत्रकारहरुका लागि कोरोना भाइरसको परीक्षण उपलब्ध गराएको छ ।

कैटी मिलर अमेरिकी राष्ट्रपति ट्रम्पका बरिष्ठ सल्लाहकार स्टेफन मिलरकी पत्नी हुन् । यसअगाडि ह्वाइट हाउसको वेष्ट विङमा कार्यरत अमेरिकी सेनाका व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको थियो । ती अमेरिकी सेनाका अधिकारीले हवाइट हाउस क्याम्पसमा काम गर्दै आएका थिए ।

नेभीमा कार्यरत ती अधिकारीले ट्रम्पको निजी सहयोगीका रुपमा काम गरेका थिए । बुधबार लक्षण देखिनु अगाडि नै उनलाई परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board