नेकपाका अध्यक्षद्वय ओली प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, २७ वैशाख ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो भएको भेटवार्तामा पार्टीको स्थायी कमिटी बैठकको मिति, नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल नेकपा स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले तत्काल पार्टीको स्थायी कमिटी बैठक आवश्यक नभएको बताउनु भएको छ भने पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले बैठक बसेर सबै विषयमा छलफल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति