9 May, 2020 3:01 pm


नेपालको सीमानामा कुनैपनि गतिविधी नगर्न भारतलाई नेपालको चेतावनी

काठमाडौं, २७ वैशाख ।  भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडकको उदघाटन गरेकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । आज पराराष्ट्र मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै नेपालको सीमानामा कुनै पनि गतिविधि गर्न भारत सरकारलाई आग्रह गरेको हो । विज्ञप्तीमा भनिएको छ । सुगौंली सन्धी अनुसार काली (महाकाली) नदीको पूर्वमा रहेका लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भूभाग हुन् । नेपाल सरकारले धेरैपटक भारतलाई यो कुरा भनिसकेको छ ।

पछिल्लो समय भारतले जारी गरेको नयाँ राजनैतिक नक्शाको जवाफमा २० नोभेम्बर २०१९ मा भारत सरकारलाई सम्बोधन गरिएको कुटनैतिक नोटमा पनि यस कुरालाई दोहोर्याएको थियो । यस्तो अवस्थामा नेपाल सरकारको विना अनुमति सडक मार्ग खोल्नु नेपालको लागि दुखद् कुरा हो । यस कुराको नेपालले घोर भत्सर्ना गर्दछ ।

भारतले लिपलेक हुँदै मान सरोबर जाने सडकको उदघाटन गरेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ । प्राय सबै दल र संघ संगठनहरुले भारतीय कदमको विरोध गरेका छन् । भारतको यो कदमबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग भइरहेका बेला परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेको हो ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board