नेपालमा चिनियाँ नागरिकले नेपालको कानून मान्नुपर्छ : चिनियाँ दूतावास

काठमाडौं, २७ काठमाडौं, शुक्रवार सिंहदरबार अगाडि आफ्ना नागरिकले गरेको प्रदर्शनबारे चिनियाँ दूतावासले नेपाल प्रहरीसँग छलफल भइरहेको बताएको छ। प्रहरीमाथि आक्रमण गरेका चार जनाविरुद्ध मुद्दा चलाउने तयारीपछि दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति जानकार रहेको बताएको थियो ।

विज्ञप्तिमा चिनियाँ नागरिकले नेपाल सरकारको कानून पालना गर्नुपर्ने पक्षमा चीन रहेको उल्लेख गरिएको छ। उनीहरुको मागमा भने नेपाल सरकारले ध्यान दिनुपर्ने भन्ने विश्वास लिएको जनाइएको छ। महामारीको यो संकटमा चिनियाँ स्वदेश फर्कनका लागि आतुर रहेको विज्ञप्तिमा उल्लेख छ ।

चीनले ३ सय ४० जना आफ्ना नागरिकलाई स्वदेश लगिसकेको छ। सीमित उडानका कारण धेरै चिनियाँ अझै नेपालमा रहेको जनाउँदै दूतावासले आफ्ना नागरिकलाई संयम हुन आग्रह गरेको छ ।

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति