नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमित १०९ पुगे

 

काठमाडौं, २७ वैशाख । नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीद्वारा शनिबार जारी सूचना अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ।

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ सात जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितहरुमा उदयपुर भुल्के निवासी १८, ४५, ६५ वर्षका महिलाहरु, कपिलवस्तु निवासी १७, १८ र १८ वर्षका पुरुषहरु, पर्सा छपकैया निवासी ६२ वर्षका पुरुष हुन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।  नेपालमा हालसम्म ३१ जना संक्रमणमुक्त भइसकेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति