अमेरिकामा कोरोना भाइरसले ७८ हजार भन्दा बढीको मृत्यु, १३ लाख २१ हजार संक्रमित

काठमाडौं, २७ बैशाख । विश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ७८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म एकैदिन थप १ हजार ६८३ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ७८ हजार ६११ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २९ हजार १६२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख २१ हजार ७८५ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २ लाख २३ हजार ६०३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख १९ हजार ५७१ जनामध्ये १६ हजार ९७८ जनाको अवस्था गम्भीर रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति