धनगढीकी कोरोना संक्रमित ३५ दिनपछि डिस्चार्ज, पाँच जनामा कोरोना देखिएकोमा सबै निको भएर घर फर्किए

धनगढी,२४ बैशाख । कैलालीको धनगढीकी कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज हुनभएको छ । लगातार दुई पटकसम्म कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले जानकारी दिनुभयो ।

३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका– ५ की ३४ वर्षीय महिलाको ६ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा भने रिपोर्ट नेगेटिभ आएको हो। उहाँसगै भर्ना भएका दुईजना, अगाडि भर्ना भएका एकजना र उहाभन्दा पछाडि भर्ना भएकी एकजना गरी चारजना कोरोना संक्रमित निको भएर सेती अस्पतालबाट यसअघि नै डिस्चार्ज भइसकेका थिए।

सँगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै निका भएर घर फर्किएका छन्। लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक, धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका १ की महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भइसकेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति