पानीमाथि पीच गरेको भन्दै स्थानीयबाट अवरोध

काठमाडौं, २६ बैशाख । सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउपालिका वार्ड नम्बर ७ स्वारास्थित १ किलोबाट लामोसांगु सडकमा भैरहेको कालो पत्रे बाटो निर्माण कार्यमा मापदण्ड बिपरित कार्य भएको स्थानीयको आरोप छ ।

स्थानियबासीहरुले पानी परेको समयमा पीच गरेको भन्दै काममा अवरोध गरेका छन् । सडक निमार्ण भएपछि टिकाउ र बलियो हुनेपर्ने माग स्थानियको रहेको छ । स्थानियबासीले मापदण्ड विनानै सडक निमार्ण गरेको आरोप समेत लगाएका छन् । स्थानिय युवा क्लब प्याराडाइजले वर्षा भइरहेको अवस्थामा बाटो पीच नगर्न आग्रह गरेपनि ठेकेदारले काम अगाडि बढाएपछि दुई पक्षबीच केहिवेर भनाभन समेत भएको थियो ।
कालो पत्रेको काम करिब पचास लाखको भएता पनि कमिसनका कारण काम राम्रो नभएको स्थानीय क्लबको आरोप छ । स्थानीय क्लबले पानी नसुकी गरेको पीच टिकाउ नहुने भन्दै काम रोक्न माग गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति