8 May, 2020 12:27 pm


रविभवनमा कर्णेलले चलाएको कार मोटरसाइकलसँग ठोक्कियो, मोटरसाइकल चालक मृत्यु

काठमाडौं, २६ बैशाख । काठमाडौंको रविभवनमा आज बिहान सवा ७ बजे भएको दुर्घटना हो यो । सो दुर्घटनामा मोटरसाइकल चालक टिकाराम गेलालको ज्यान गयो । प्रहरीका अनुसार, बा २१ च ४३४७ का निजी कार चालक नेपाली सेनाको जंगीअड्डामा कार्यरत लेफ्टिनेन्ट कर्णेल शिखर जबरा हुन् । उनलाई अहिले महानगरीय प्रहरी बृत्त कालिमाटीमा राखिएको छ ।

कर्णेल जबरा काठमाडौंको स्युचाटार निवासी हुन् । उनी कलंकीबाट कालिमाटीतर्फ आइरहेका थिए भने मासु बोकेको मोटरसाइकल कालिमाटीबाट कलंकीतर्फ गइरहेका थिए ।

दुर्घटनामा घाइते टिकाराम गेलाललाई कलंकीस्थित नेशनल अस्पताल लगिएको थियो । गेलालको उपचारका क्रममा बिहान करिब साढे ८ बजे निधन भयो । मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए । उनी कुखुराको मासु बोकेर कलंकीतर्फ जाँदै गर्दा सो दुर्घटना भएको थियो । प्रहरीका अनुसार चालकको मृत्यु भएकोले उनलाई ज्यान मुद्दा चलाइनेछ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board