7 May, 2020 8:53 am


हाम्रो मुलुकमा भएको यो अहिलेसम्मकै खराब आक्रमण हो – अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं, २५ बैशाख  ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको आक्रमण अमेरिकामाथि भएको अहिलेसम्मकै ठूलो भएको बताएका छन्। उनले कोरोनाले दोस्रो विश्वयुद्धमा भएको पर्ल हार्बर तथा २ दशकअघिको सेप्टेम्बर ११ आक्रमणभन्दा बढी क्षति गरेको बताएका छन्। ह्वाइट हाउसमा आयोजित नियमित ब्रिफिङमा ट्रम्पले भने, ‘हाम्रो मुलुकमा भएको यो अहिलेसम्मकै खराब आक्रमण हो, यो पर्ल हार्बर या वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणभन्दा खराब हो, हामीमाथि यस्तो आक्रमण कहिल्यै भएको थिएन।’

उनले यो महामारीलाई सुरुमै रोक्नुपर्ने र त्यसभन्दा पनि चीनमै रोक्नुपर्नेमा त्यसो हुन नसकेको बताए। ‘के तपाईं यसलाई वास्तवमै युद्धमा भएको आक्रमणको रुपमा हेर्नुहुन्छ ?’ भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘अमेरिकाका लागि कोरोना भाइरसको महामारी सबैभन्दा ठूलो शत्रु हो।’
ट्रम्पले भाइरस फैलाउन चीन जिम्मेवार भएको पनि दोहो¥याए। उनले चीनविरुद्ध कडा कारबाही गर्ने पनि बताउँदै आएका छन्।

ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकाको राष्ट्रपतिको चुनाव स्थगित नहुने पनि बताए ।
चुनाव स्थगित गर्नु हुन्छ कि हुँदैन भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मैले चुनावको मिति सार्ने विषयमा कहिल्यै पनि सोचेको छैन । मैले त्यस्तो किन गर्ने ? ३ नोभेम्बर एक राम्रो अंक हो ।’  कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि आगामी राष्ट्रपतिको चुनावबारे आशंका हुँदै आएको छ ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board