7 May, 2020 7:54 am


सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सदभाव र सहिष्णुता नेपाली समाजको विशेष – अध्यक्ष प्रचण्ड

काठमाडौं, २५ बैशाख  ।  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्ने र कोरोनाविरुद्ध विजय प्राप्त गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सदभाव र सहिष्णुता नेपाली समाजको विशेषता हो भन्दै उहाले यही विशेषताले कोरोना भाइरसविरुद्ध लड्ने ताकत र ऊर्जा पैदा हुने बताउनु भएको छ । बुद्ध जयन्ती र उभौली पर्वको उपलक्ष्यमा बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले उक्त कुरा बताउनु भएको हो । अध्यक्ष प्रचण्डको सन्देशमा बुद्धले विश्व मानवजातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरु पहिल्याएकाले बुद्धप्रति सबै नेपालीले गर्व गर्न सकेको उल्लेख छ ।
प्रचण्डले २५६४ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली समुदाय तथा विश्वभरका बौद्धमार्गीहरुमा र आज नै परेको किराँत समुदायको उभौली पर्वको उपलक्ष्यमा सम्पूर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको कामना गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board