7 May, 2020 6:48 am


विश्वभर कोरोनाबाट ३७ लाख ४८ हजार संक्रमित, २ लाख ६३ हजारको मृत्यु (कहाँ कति सूचिसहित)

काठमाडौं, २४ बैशाख । विश्वभर कोरोना संक्रमितको संख्या ३७ लाख ४८ हजार ९ सय ५९ पुगेको छ। संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १२ लाख २७ हजार ४ सय ३० जनामा संक्रमण पुष्टि भइसकेको छ।

जोन हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार स्पेनमा २ लाख २० हजार ३ सय २५, इटालीमा २ लाख १४ हजार ४ सय ५७, बेलायतमा २ लाख २ हजार ३ सय ५६, फ्रान्समा १ लाख ७४ हजार २ सय २४, जर्मनीमा १ लाख ६८ हजार १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विश्वभर कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २ लाख ६३ हजार १ सय ४६ पुगेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ७३ हजार ९५ को मृत्यु भएको छ।

त्यस्तै, बेलायतमा ३० हजार १ सय ५०, इटालीमा २९ हजार ६ सय ८४, स्पेनमा २५ हजार ८ सय ५७, फ्रान्समा २५ हजार ८ सय १२ जनाको मृत्यु भइसकेको छ।

विश्वभर १२ लाख ३८ हजार ४ सय ५३ हजार संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ १ लाख ८९ हजार ९ सय १० जना संक्रमणमुक्त भएका छन्। त्यस्तै जर्मनीमा १ लाख ३७ हजार ६ सय ९६, स्पेनमा १ लाख २६ हजार २ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि ९९ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये २२ जना संक्रमणमुक्त भएका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board