लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २४ वैशाख ।बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ ।  यसअघि मंगलबार बसेको उच्चस्तरिय समन्वय समितिको बैठकले लकडाउन थप्नु पर्ने सुझाव दिएको थियो। प्रधानमन्त्री केपी शर्मा ‌ओलीको उपस्थितिमा बसेको बैठकमा लकडाउनको मोडालिटीबारे प्रस्ताव ल्याइएको थियो। तर प्रधानमन्त्री ओलीले हिजो मंगलवार को बैठकमा भारतमा समेत कोरोना संक्रमण बढिरहेकाले तत्काल खुकुलो पार्न नसकिने बताउनु भएको थियो ।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि सकिँदै थियो। लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण भने बढिरहेको छ। लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने अहिले ८२ जना पुगेका छन्।

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति