मन्त्रिपरिषद बैठक जारी, लकडाउनबारे निर्णय हुँदै

काठमाडौं, २४ वैशाख । लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बसिरहेको छ। बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन कति समय थप्ने भनेर निर्णय गर्ने बताइएको छ। यसअघि मंगलबार बसेको उच्चस्तरिय समन्वय समितिको बैठकले लकडाउन थप्नु पर्ने सुझाव दिएको थियो। प्रधानमन्त्री केपी शर्मा ‌ओलीको उपस्थितिमा बसेको बैठकमा लकडाउनको मोडालिटीबारे प्रस्ताव ल्याइएको थियो। तर प्रधानमन्त्री ओलीले हिजो मंगलवार को बैठकमा भारतमा समेत कोरोना संक्रमण बढिरहेकाले तत्काल खुकुलो पार्न नसकिने बताउनु भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति