अमेरिकामा कोरोनाबाट ७२ हजारभन्दा बढीको मृत्यु, १२ लाख ३७ हजार संक्रमित

काठमाडौं, २४ बैशाख । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ७२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप २ हजार ३०१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ७२ हजार २ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार २५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ लाख ३७ हजार ६ सय ३३ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २ लाख ६ सय २८ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ६४ हजार ९७४ जनामध्ये १६ हजार १७५ जनाको अवस्था गम्भीर रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति