काठमाडौंका एक पुरुष सहित ३ जनामा पुनः देखियो कोरोना संक्रमण

काठमाडौं, २३ बैशाख । कोरोना भाइरसमुक्त भएर घर गएका तीन जनामा पुनः संक्रमण पोजेटिभ देखिएको छ। डिस्चार्ज हुनुभन्दा अघिका दुई पटकको कोरोना संक्रमण परीक्षण नेजेटिभ आएपछि काठमाडौंस्थित सनसिटी अपार्टमेन्टका ५८ वर्षीय पुरुष र नारायणी अस्पतालबाट डिस्चार्ज भएका २ जना पुरुषमा पुनः कोरोना पोजेटिभ देखिएको हो। डिस्चार्ज भएपछि फलोअप चेकअपका लागि आउने क्रममा जाँच गर्दा पुनः कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। उनीहरु तीनै जनालाई पुनः अस्पताल भर्ना गरिएको समेत मन्त्रालयले जनाएको छ।

दुईपटक सम्म परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएर डिस्चार्ज भइसकेका तीन व्यक्तिमा पुनः कोरोना संक्रमण देखिएको छ, मन्त्रालयका एक अधिकारीले भने, रौतहटका २१ वर्षीय पुरुष र अर्का भारतीय नागरिकलाई नारायणी अस्पताल तथा काठमाडौं सनसिटी अपार्टमेन्टका संक्रमितलाई पाटन अस्पतालमा भर्ना गरिएको छ। जनस्वास्थ्य विज्ञहरूका अनुसार एकपटक कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका व्यक्तिमा पुनः कोरोना पोजेटिभ देखिनु थप जोखिमपूर्ण हुन्छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति