5 May, 2020 3:58 pm


काठमाडौं सिलजस्तै गर्नुपर्छ, बाहिरबाट मान्छे आउन नदिऔं – जनप्रतिनिधीहरु

काठमाडौं, २३ बैशाख । काठमार्डौ उपत्यका भित्र पुर्णरुपमा मानिसको आवतजावतमा बन्द गनुपर्ने माग गरिएको छ ।
भक्तपुर र ललितपुरका मेयरहरूले उपत्यकाभित्र कोरोनाभाइरस संक्रमणको जोखिम भएकोले बाहिरबाट मानिसहरू आउन बन्द गर्नु पर्ने माग गरेका छन्।

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपप्रधानमन्त्रीसमेत रहेका कोभिड–१९ नियन्त्रण एवं रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलाई भेटेर लकडाउन खुकुलो बनाउन नहुने बताउनु भएको हो ।

सदद्वय कृष्णगोपाल श्रेष्ठ र जीवनराम श्रेष्ठलाई लिएर उपत्यका नगरपालिका फोरमका पदाधिकारी (मेयरहरू) ले सोमबार उपप्रधानमन्त्री पोखरेललाई भेटेर लकडाउन कडा बनाउन माग गरेका हुन्। ‘वैशाख २५ गतेदेखि लकडाउन सकिँदैछ। थप गर्नेबारे अहिलेसम्म निर्णय भएको छैन। खुकुलो बनाउनुपर्छ भन्ने आवाज सुनिएपछि हामीले उपप्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका हौं,’ मध्यपुर थिमीका मेयर श्रेष्ठले भन्नुभयो ‘सुरक्षा निकाय लचिलो हुँदा लकडाउनको मर्मअनुसार पालना भएन।’

उपत्यका कोरोना संक्रमणबारे अहिलेसम्म ‘ग्रीन जोन’ मा परे पनि जोखिम नघटेको भन्दै मेयरहरूले बाहिरबाट आउने मानिसहरूलाई प्रवेश गर्न दिन नहुने बताएका छन्। ‘उपत्यकाभित्र आन्तरिक आउजाउमात्रै गर्न दिँदा राम्रो हुन्छ। तर बाहिरी जिल्लाका मानिस आउन दिने र यताबाट पनि बाहिर मानिस जान दिन हुँदैन,’ श्रेष्ठले भने, ‘शिल गरेजस्तै आवतजावतमा कडाइ गर्नुपर्छ भनेर उपप्रधानमन्त्रीलाई भनेका छौं।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board