लकडाउनबारे आज निणर्य हुँदै: उच्चस्तरीय समितिको बैठकमा प्रधानमन्त्री सहभागी हुने

काठमाडौं, २३ बैशाख ।   कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक मङ्गलबार बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्दै आएको बैठक आज भने प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने समितिका सदस्य तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो ।

समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुनेछ । बैठकले लकडाउन खुकुलो पार्ने या कडाइ गर्ने भन्नेबारेमा निर्णय गर्न सक्ने बिडारीले बताउनुभयो । समन्वय समितिले कोरोनाको सङ्क्रमण नदेखिएका ठाउँमा लकडाउन केही खुकुलो बनाउने र सङ्क्रमण देखिएका ठाउँमा कडाइ गर्ने गरी कार्ययोजना बनाइरहेको छ । नेपालमा अहिलेसम्म ८२ जनाको कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये १६ जना निको भएका छन् ।

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति