भ्रम फैलाउन खोजिँदैछ– नेकपा प्रवक्ता

काठमाडौं, २३ बैशाख ।नेपाल कम्यूष्टि पार्टी  (नेकपा)भित्र देखापरेका समस्या समाधान भएर पार्टी एकताबद्ध रुपमा अघि बढेको देख्न नचाहनेहरुले बिभिन्न माध्यमबाट नियोजित हल्ला चलाएको नेकपा प्रवक्ता नाराणकाजी श्रेष्ठले बताउनु भएको छ ।

उहाले आफ्नो आधिकारीक ट्वीटर एकाउन्टबाट उहाले नेकपामा पुनः अस्थितरता खोज्नेहरु फेरीपनि सक्रिय भएको हुदा उनिहरुलाई बेलैमा सचेत हुन आग्रह गर्नु भएको हो ।

पार्टी प्रवक्ता श्रेष्ठले , हाम्रो पार्टीमा एकताको रक्षा गर्दै कमजोरीहरुलाई सच्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछी हिजो देखि झुट्टा भ्रमात्मक समाचारहरु प्रचारित हुन थालेका छन् । पार्टी मा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ ? सचेत होऔं। २० गतेको सचिवालय बैठकको निश्कर्ष लागू गरौं। अन्यथा नगरौं । ट्वीटरमा पोष्ट गर्नु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति