5 May, 2020 11:15 am


बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल

काठमाडौं, २३ वैशाख । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज मंगलावार प्रधानमन्त्रीको निवास बालुवाटारमा भेटवार्ता भएको छ ।  २४ बैशाखमा पुन सचिवालय र २५ बैशाखमा स्थायी कमिटी बैठक बोलाइएको छ । भोली बस्ने दुई नेताबीच स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न विषयमा छलफल भएको नेकपा स्रोतले जानकारी दिएको छ । हिजो पनि अध्यक्षद्धयवीच भेटवार्ता भएको थियो ।

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट १५ जेठमा सार्वजनिक गर्न वैशाख अन्तिम साता बजेट अधिवेशन र जेठ पहिलो साता ‘नीति तथा कार्यक्रम’ ल्याउने तयारी सुरु भएको छ । यसै विषयमा समेत अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच बजेट अधिवेशन तयारीबारे छलफल भएको हो ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board