5 May, 2020 9:49 am


कोरोना भाइरसबाट भारतमा ४६ हजार ४ सयभन्दा धेरै सङ्क्रमित, १ हजार ५ सय ६६ जनाको मृत्यु

काठमाडौं, २३ बैशाख ।   भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार  भारतभर कोरोना पोजेटिभ देखिएकाको सङ्ख्या ४६ हजार ४ सय ३७ भएको छ । सङ्क्रमितमध्ये ३२ हजार २४  जनाको उपचार भइरहेको छ भने १२ हजार ८ सय ४७ जना निको भएका छन् । १ हजार ५ सय ६६  जनाको ज्यान गएको छ ।

यसैबीच दिल्लीमा थप तीन नियन्त्रित क्षेत्रलाई खुला गरिएको छ । योसँगै भारतको राजधानी दिल्लीमा नियन्त्रित क्षेत्रको सङ्ख्या ९० भएको छ । खुला गरिएको क्षेत्रहरुमा अशोक नगर र आसपासको क्षेत्र, पूर्वी पटेल नगर र मोती नगर रहेका छन्, यी ठाउँलाई सोमबार सूचीबाट हटाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board