स्पेनमा २ लाख ४८ मानिस कोरोनाबाट संक्रमित

काठमाडौ, २३ बैशाख ।   अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ४८ हजार ३०१ जना संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १६४ जनाको मृत्यु भएको छ भने १ हजार १७९ जना नयाँ संक्रमित थपिएका छन् ।
स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार ४२८ पुगेको छ । १ लाख ५१ हजार ६३३ जना उपचारपछि निको भएका छन् । ७१ हजार २४० जना उपचाररत छन् । त्यसमध्ये २ हजार २५४ जनाको अवस्था गम्भीर रहेको छ् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति