5 May, 2020 7:43 am


अमेरिकामा १२ लाख १२ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित, ६९ हजार ९२१ जनाको मृत्यु

काठमाडौ, २३ बैशाख ।  ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा १२ लाख १२ हजार ८ सय ३५ जना संक्रमित भएका छन् ।

कोरोनाकै कारण ६९ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म थप १ हजार १४२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार ९२१ पुगेको छ । संक्रमित मध्ये १ लाख ८८ हजार २७ जना उपचार पछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार ११७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ लाख १२ हजार ८३५ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये १ लाख ८८ हजार २७ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ५४ हजार ८८७ जनाको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ भने १६ हजार ५० जनाको अवस्था गम्भीर रहेको छ ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board