5 May, 2020 7:07 am


पिठोको बोराभित्र १५ हजार भारु राखेर बाँडिएको विषयमा बोले आमिर खान, यस्तो रहेछ वास्तविक

एजेन्सी
काठमाडौँ, २३ वैशाख । यसबेला भारतमा लकडाउन जारी छ । कोराना भाइरस संक्रमणबाट प्रभावित भएको भारतमा गरिब र असाहय मानिसहरुलाई सहयोग गर्नेहरु पनि बढिरहेका छन् । त्यसमा उद्योगपति, राजनीतिक कर्मीहरुदेखि सिने कलाकारहरु पनि अघि देखिएका छन् ।

बलिउड नायकहरु अक्षयकुमार, सलमान खान, शाहरुख खान, अजय देवगन लगायतले गरिब र असाहयहरुलाई सहयोग गरेका खबरहरु बाहिर आइरहेका छन् । केही दिन पहिले भारतमा एउटा भिडियो भाइरल भयो । उक्त भिडियो अर्का नायक आमिर खानसँग जोडिएको थियो ।

त्यस भिडियोमा आँटाको पिठोको झोलामा नोट राखिएको र गरिबहरुलाई बाँडिएको भनिएको थियो । बलिउड नायक आमिर खानले आँटाको पिठो भरिएको झोलामा भारतीय रुपैयाँ राखेर बाँडिएको भिडियो भाइरल भएपछि उक्त विषयले चर्चा पाएको थियो । तर यो भिडियो र खबर हल्ला मात्र भएको पुष्टि भएको छ ।

यसबारे नायक आमिर खानले मुख खोलेका छन् । उनले सोमबार ट्वीट गर्दै यो हल्लाको खण्डन गरेका छन् । उनले आफु पैसा बाँड्दै हिड्ने व्यक्ति नभएको स्पष्ट पार्दै सबैलाई सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘मित्रहरु म गहुँको बोरोमा पैसा हाल्ने व्यक्ति होइन, यो कि त पूर्णरुपमा नक्कली कहानी हो, वा रोबिन हुड आफुलाई प्रकट गर्न चाहाँदैन । सुरक्षित रहनुहोस् ।’

टिकटकमा बनाइएको यो भिडियोमा आमिर खानले ट्रकमा गहुँको पिठो लगेर दिल्लीमा केही गरिबहरुलाई बाँडेको भनिएको छ । भिडियोमा गरिबहरुका बस्तीमा बाँडिएको एक–एक किलोका पिठोका बोराभित्र १५ हजार भारु राखिएको बताइएको छ ।

 

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board