5 May, 2020 6:59 am


विश्वमा कोरोनाबाट संक्रमितको संख्या ३६ लाख ४४ हजार नाघ्यो : संक्रमित मध्ये २ लाख ५२ हजार ३ सय पुग्यो ( काहाँ कति प्रभावित सूचिसहित)

काठमाडौं, २३ वैशाख । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार नाघेको छ ।

मंगलवार विहान सम्म यो समाचार तयार पार्दासम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार ३५७ पुगेको छ । कोरोना संक्रमितको संख्या ३६ लाख ४४ हजार ७७८ पुगेको छ । हालसम्म कोरोना संक्रमितहरुमध्ये ११ लाख ९४ हजार ८ भन्दा बढी निको भएर घर फर्किएका छन् । २१ लाख ९७ हजार ६१२ जनाको उपचार भइरहेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणका कारण सबै भन्दा बढी अमेरिकामा ६९ हजार ९२१ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या १२ लाख १२ हजार ८३५ पुगेको छ ।

इटालीमा ज्यान गुमाउनेको संख्या २९ हजार ७९ पुगेको छ । त्यस्तै, संक्रमितको संख्या २ लाख ११ हजार ९३८ पुगेको छ, भने निको हुनेहरुको संख्या ८२ हजार ८७९ पुगेको छ ।

कोरोनाका कारण स्पेनमा ज्यान गुमाउनेको संख्या २५ हजार ४२८ पुगेको छ । २ लाख ४८ हजार ३०१ संक्रमित पुगेका छन् । यसैबीच १ लाख ५१ हजार ६३३ जना निको भइसकेका छन् ।

त्यस्तै बेलायतमा ज्यान गुमाउनेको संख्या २८ हजार ७३४ पुगेको छ । संक्रमितको संख्या १ लाख ९० हजार ५८४ जना पुगेको छ ।

फ्रान्समा २४ हजार ८९५ ले ज्यान गुमाएका छन्, भने १ लाख ६८ हजार ६९३ जना संक्रमित पुगेका छन् । जसमध्ये ५० हजार ७८४ जना निको भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा १ हजार ५६६ जनाको मृत्यु भएको छ भने ४६ हजार ४३७ जनामा कोरोनाको संक्रमण देखिएको छ । हालसम्म नेपालमा पनि संक्रमितहरुको संख्या ७५ जना पुगेको छ जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board