संसद्को महासचिवमा डा गौतम नियुक्त


काठमाडौं, २२ वैशाख ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को महासचिवमा डा भरतराज गौतमलाई नियुक्त गर्नुभएको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा डा गौतमलाई महासचिवमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार नेपालको संविधानको धारा १०६ को उपधारा ९१० बमोजिम डा गौतमलाई सङ्घीय संसद्को महासचिवमा नियुक्त गरिएको हो । डा गौतम साविक लामाचौर–५ कास्कीका स्थायी बासिन्दा हुनुहुन्छ । डा गौतम वरिष्ठ सचिवको रुपमा सङ्घीय संसद् सचिवालयमा कार्यरत हुनुहुन्थ्यो । विसं २०५१ चैत २१ गते शाखा अधिकृतका रुपमा संसद् सेवामा प्रवेश गर्नुभएका उहाँले जनप्रशासनमा ‘गोल्ड मेडलिस्ट’ एवं त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन व्यवस्थापनमा विद्यावारिधि गर्नुभएको छ ।

नवनियुक्त महासचिव गौतमले सङ्घीय संसद्को प्रशासनिक प्रमुखको रुपमा समेत जिम्मेवारी सम्हाल्नुहुनेछ । मङ्गलबार सभामुखसँग पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले कार्यभार सम्हाल्नुहुनेछ । तत्कालीन महासचिव मनोहरप्रसाद भट्टराईको दुई कार्यकाल पूरा भएपछि कार्यवाहकको रुपमा सचिव गोपालनाथ योगीले जिम्मेवारी सम्हाल्नुभएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति