निषेधित क्षेत्र बन्यो नेपालगन्ज, घर बाहिर निस्कन पुरै प्रतिबन्ध

नेपालगञ्ज । १६ जना संक्रमित फेला पर्दा पनि स्थानीयबासीले लकडाउनको पालना गर्न अटेर गरेपछि नेपालगञ्जमा मंगलवारदेखि निषेधाज्ञा जारी गरिने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा सोमवार बसेको सर्बदलीय बैठकले २३ गते ११ बजेदेखि २५ गते मध्यरातिसम्म लागु हुने गरि नेपालगन्ज उपमहानगर क्षेत्रमा निषेधाज्ञा जारी गर्नका लागि सिफारिस गरेको हो ।
रोगको संक्रमण फैलिन नदिन, कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउन र स्याम्पल संकलन बढी भन्दा बढी गर्न निषेधाज्ञा घोषणा गर्ने सिफरिस गरिएको बैठकमा सहभागि नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले जानकारी दिनुभयो ।
लकडाउनलाई नागरिकले अटेर गरेपछि निषेधाज्ञा जारी गर्नु परेको बांकेका प्रहरी प्रमुख बिर बहादुर ओलीले बताउनु भयो । कर्फुकै प्रकृतिको आदेश भएकाले अटेर गरे प्रहरीले निषेधाज्ञा पालना गराउन हदैसम्मको बल प्रयोग गर्ने जानकारी दिनु भयो ।
आजको सर्बदलिय बैठकले रानीतलाउ र बिपि चोकको तरकारी मण्डि बन्द गर्ने निर्णय समेत गरेको छ । आईतबार सम्ममा नेपालगञ्जमा १६ जना संक्रमित भेटिएपछि प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराल नेपालगञ्ज पुगेर स्थलगत जानकारी लिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति