4 May, 2020 1:57 pm


प्रधानमन्त्रीको  निवास बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल

काठमाडौं, २२ वैशाख । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डबीच सोमबार प्रधानमन्त्रीको  निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

शनिबारको सचिवालय बैठकले पार्टी भित्रको समस्या समाधान गरेपछि दुई अध्यक्षबीचको यो पहिलो भेटवार्ता हो । सचिवालय बैठकले पार्टीलाई एकताबद्ध राख्ने, विधि, पद्धति र कम्युनिस्ट मूल्यमान्यताअन्तर्गत सञ्चालन गर्ने सहमति गरेको थियो । यसका लागि २४ बैशाखमा पुन: सचिवालय र २५ बैशाखमा स्थायी कमिटी बैठक बोलाइएको छ । दुई नेताबीच स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न भेट भएको नेकपा स्रोतले जानकारी दिएको छ ।

आइतबार प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच पनि भेटवार्ता भएको थियो । पार्टीको मार्ग्निर्देशन, नीति–निर्देशनमा सरकार सञ्चालन गर्ने सचिवालयको निर्णय छ । यसबाहेक उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाका लागि उम्मेद्वार बनाउने नेकपाको निर्णय छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board