लकडाउन थप्ने कि, खुकुलो बनाउने भन्नेबारे विज्ञसँग उच्चस्तरीय समिति छलफ गर्दै

काठमाडौं, २२ वैशाख– लकडाउन थप्ने कि, केही खुकुलो बनाउने भन्ने बारेमा विज्ञसँग कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक बस्दैछ। दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा उच्चस्तरीय समितिले लकडाउनको स्वरूपबारे विषय विज्ञसँग छलफल गर्न लागेको बुझिएको छ ।

सुरक्षा निकायका प्रमुखहरूले पनि देशैभर लकडाउन गर्नुभन्दा पनि जोखिम रहेको क्षेत्रमा निरन्तरता दिने र जोखिम नभएको क्षेत्रमा आवश्यक सावधानी अपनाएर केही खुकुलो पार्नुपर्ने सुझाव गृह मन्त्रालयलाई दिइसकेका छन्।

मुख्यतया भारतसँग सीमा जोडिएका जिल्लाहरुमा उच्च निगरानी गर्नुपर्ने र लकडाउनमा कडाइ गर्नुपर्ने सुझाव समेटिएको छ।

नेपालमा संक्रमितको संख्या बढिरहेकाले अहिले नै लकडाउन खुकुलो बनाउँदा थप संक्रमणको जोखिम हुन सक्ने पनि सुझाव आएको छ। नेपालगञ्‍जमा हिजो एकैदिन १५ जनामा संक्रमण पुष्टि भएपछि थप सुरक्षा निगरानी बढाउनुपर्ने देखिएको कतिपयको सुझाव छ। नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमित देखिएपछि सरकारले ११ चैतदेखि लकडाउनको आदेश जारी गरेको थियो ।

पहिलोपटक चैत १८ गतेसम्मका लागि लकडाउनको आदेश जारी गरिएकोमा दोस्रो पटक चैत २५, तेस्रो पटक वैशाख ३, चोथो पटक वैशाख १५ र पाँचौं पटक वैशाख २५ गतेसम्मका लागि थपिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति