4 May, 2020 7:38 am


विश्वभर ३५ लाख ६५ हजार बढी कोरोना संक्रमित, ११ लाख ५४ हजार निको (कहाँ कति सूचिसहित)

काठमाडौं, २२ वैशाख । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३५ लाख लाख नाघेको छ। यस्तै ज्यान गुमाउनेको संख्या सोमबारसम्म २ लाख ४८ हजार २४५ पुगेको छ । संक्रमित मध्ये ११ लाख ५४ हजार उपचार पछि घरफिर्ता भएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ३ हजार ४३१ जनाको मृत्यु भएको छ भने ८० हजार ८९७ जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको कुल संख्या ३५ लाख ६५ हजार २६९ पुगेको छ । कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६८ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म थप १ हजार १२२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६८ हजार ५६६ पुगेको हो ।

इटालीमा एकै दिन १७४ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २८ हजार ८८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३८९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १० हजार ७१७ पुगेको छ ।

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ४७ हजार १२२ जना संक्रमित भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १६४ जनाको मृत्यु भएको छ भने १ हजार ५३३ जना नयाँ संक्रमित थपिएका छन् । स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार २६४ पुगेको छ ।

कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख ४० हजार ६०३ जना, उत्तर अमेरिकी मुलुकहरुमा ७५ हजार १२२ जनाको मृत्यु भएको छ ।

यस्तै एसियाली मुलुकहरुमा १६ हजार ६०४, दक्षिण अमेरिकी मुलुकहरुमा १० हजार ८३५ जनाको मृत्यु भएको छ । अफ्रिकी मुलुकहरुमा १ हजार ८०० र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११५ जनाको मृत्यु भएको छ ।

हाल रहेका कुल संक्रमित मध्ये ९८ प्रतिशतलाई मध्यम किसिमको कोरोना संक्रमण रहेको र २ प्रतिशतको अवस्थामात्रै गम्भीर छ। यसैगरी साढे ११ लाख बढी मानिस निको भइसकेका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board