3 May, 2020 10:44 pm


संक्रमित बढ्दै गएपछि बांकेको कोरोना अस्पताल रहेको खजुरा गांउपालिका सिल

नेपालगन्ज, २१ बैशाख । एकै दिनमा १५ जना कोरोना संक्रमितको उपचारका लागि बांकेको खजुरा स्थित सुशिल काईराला क्यान्सर अस्पतालको आईसोलेसन सेण्टरमा लगिएपछि खजुरा गांउपालिकाले थप सतर्कता अपनाएको छ ।

३ दिन अगाडीका संक्रमित १ जना र आईतबार १५ जना संक्रमित पुष्टी भएसंगै उनीहरुले खजुरा स्थित आईसोलेसन अस्पतालमा लगिएको छ । संक्रमितको संख्या बढेसंगै खजुरा गांउपालिकाले सोमबार बिहान ६ बजे देखि लागु हुने गरि पालिका स्तरमा सिल गर्ने निर्णय गरेको छ । संक्रमित थपिएसंगै उनीहरुलाई भेट्न आउने तथा अन्य गतिबिधीबाट जोखिम बढ्न सक्ने भन्दै पालिका सिल गरिएको खजुरा गांउ पालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताउनु भयो ।

अस्पतालमा आज थपिएका सहित १६ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जन स्वास्थ्य कार्यालय बांकेका कारोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो । पहिलो संक्रमितको एकाघरको परिवारका २ जना सहित ३५ जनाको अझै रिपोर्ट आएको छैन । आज सांझ सम्म ५५ जनाको रिपोर्ट आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board