नेपालमा पहिलो पटक ७ वर्षको बच्चामा कोरोना सङ्क्रमण पुष्टि (भिडियोसहित)

काठमाडौं, २१ वैशाख ।  नेपालमा सात वर्षको बच्चामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनको क्रममा आज कोरोना पुष्टि भएका नेपालगञ्जका ९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको जानकारी दिनुभयो । तर बालक वा बालिका भन्नेबारेमा भने उहाँले केही पनि खुलाउनु भएन ।

नेपालमा सानो उमेरमा कोरोना पुष्टि भएको यो पहिलो घटना हो । नेपालगञ्जका ९ जना र पर्साका ३६ वर्षका पुरुष गरी १० जनामा आज एकैदिन कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति