नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो ,बाँकेका ९ जना संक्रमित

काठमाडौं, २१ वैशाख । नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परे सगै नेपालगंजमा आज थप ९ जनामा कोरोना पोजेटिभ भेटिएपछि संक्रमितको संख्या ६९ पुगेको छ ।

नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा र नेपालगन्जको प्रयोगशालमा परीक्षण गर्दा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको बताउनुभयो । नेपालगन्जका संक्रमितको उमेर ७ देखि ५८ वर्ष रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति