3 May, 2020 10:02 am


भारतीय सेना र आतंकवादी समूहबीच भिडन्त, कर्णेलसहित सातको मृत्यु

काठमाडौंं, २१ वैशाख । भारत प्रशासित काश्मिरमा भारतीय सेना र आतंकवादी समूहबीच भिडन्त भएको छ ।

उत्तरी कश्मिरको हन्दवाडामा शनिबार साँझदेखि भएको भिडन्तमा भारतीय सेनाका कर्णेल आशुतोष शर्माको ज्यान गएको छ ।

भारतीय रक्षा मन्त्रालयले कर्णेल शर्मासहित पाँच सुरक्षाकर्मीको निधन भएको छ । मृत्यु हुने अन्यमा मेजर, अनुज, एक नायक र एक राइफलम्यान तथा प्रहरीका सई सकिल काजी छन् ।

भिडन्तका क्रममा सेनाको गोली लागी दुई आतंकवादीको समेत मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

आतंकवादी समूह लुकेर बसेको सूचनाका आधारमा भारतीय सुरक्षा बलले घर घेरा हाली आक्रमण गरेको थियो । घरका सदस्यलाई बन्धक बनाएको र उनीहरुलाई मुक्त गर्न जाँदा घटना भएको अधिकारीहरुको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board