2 May, 2020 6:39 pm


सचिवालय बैठकमा अध्यक्ष प्रचण्डको नयाँ आसन : गौतमलाई उप–प्रधानमन्त्री

आजको बैठकको फोटो
आजको बैठकको फोटो

काठमाडौं, २० वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ सुरु भएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एउटै लहरमा कुर्सीको व्यवस्था गरिएको छ (अर्थात समानन्तर कुर्सी रहेको छ । यसअघिका बैठकहरुमा प्रचण्डलाई अरु नेताहरुसँगै राखिएको थियो ।

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गरेर नेकपा बनेपछि ओली र प्रचण्ड अध्यक्ष छन् । वरियता क्रममा ओली पहिलो र प्रचण्ड दोस्रो नम्बरमा भएपनि दुबै समान हैसियतका अध्यक्ष थिए । तर मंसिर २०७५ को सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका दिने र ओलीले पाँच वर्ष नै सरकार चलाउने निर्णय भएको थियो ।

त्यसको केही समयपछि सचिवालय बैठक बस्दा ओली र प्रचण्डलाई एउटै लहरको कुर्सी राख्न थालिएको थियो । सअघिका बैठकमा प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीलाई मात्र छुट्टै आसन छुट्टाइएको थियो ।

केहिदिन अघिको बैठकको फोटो
केहिदिन अघिको बैठकको फोटो

मृगौला प्रत्यारोपणका कारण संक्रमण हुने खतरा रहेपछि उहालाई अलिक पर बेग्लै आसनमा बसाउने गरिएको थियो । तर, चिकित्सककै सुझावमा अहिले भने ओलीसँगै कार्यकारी अध्यक्ष प्रचण्डको पनि कुर्सी एउटै ‘रो’ मा राखिएको हो ।

प्रधानमन्त्री तर्फको रो मा रहेका कुर्सीमा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल हुनुहुन्छ । प्रचण्डतर्फको रो मा रहेका कुर्सीमा वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र इश्वर पोखरेल हुनुहुन्छ । साथै दुइ अध्यक्षको ठिक अगाडी पट्टीको कुर्सीमा महासचिव विष्णु पौडेल रहनु भएको छ । बैठकमा पछिल्लो समय नेकपाभित्र देखिएको विवादका विषयमा छलफल भईरहेको छ । नेकपा स्रोतका अनुसार वामदेव गौतमलाई राष्ट्रिय सभामा लगेर उप प्रधानमन्त्री दिने तयारी भएको छ । उहालाई राष्ट्रिय सभामा राष्टपतिले मनोनित गर्ने एक पदमा केहिदिनमा गौतम मनोनित हुनुहुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board