2 May, 2020 5:12 pm


नेकपा सचिवालय बैठक बस्दै : अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

फायल फोटो

काठमाडौं, २० वैशाख । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक आज साँझ साढे ५ बजे बस्ने भएको छ । नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल हुने जानकारी दिनुभयो ।
यसअघि सचिवालय बैठक यही वैशाख १७ गते बसेको थियो ।

सो बैठकले आज पुनः सचिवालय बैठक तय गर्ने निर्णय गरेको थियो । सचिवालय बैठक सुरुहुनुभन्दा केहिवेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विच भेटवार्ता भएको छ । भेटमा केहि वेरमा वस्ने बैठकका बारेमा छलफल भएको नेकपा स्रोतले जानकारी दिएको छ । अध्यक्ष द्धयवीच भएको छलफलमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको बताईएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board