2 May, 2020 12:10 pm


नेकपा सचिवालय बैठक साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने


काठमाडौं, २० बैशाख ।  नेकपा सचिवालय बैठक आज साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।  १७ वैशाखमा स्थगित भएको बैठक आज बेलुका ४ बजेका लागि बोलाइएको पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । सचिवालय बैठकका विषयमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार र वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुग्नु भएको थियो । पछिल्लो समयमा नेकपा भित्र देखिएको विवादपछि वस्ने आजको सचिवालय बैठकलाई चासोपूर्ण रुपमा हेरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board